भारतका लागि पाकिस्तानी राजदुत फिर्ता बोलायो

एजेन्सी २२ साउन ।   भारत सरकारले जम्मू कश्मीरलाई दिएको विषेशाधिकार खारेज गरिदिएपछि यसले पाकिस्तानमा तरंग मच्चिएको छ ।

भारत सरकारको यस कदम बिरुद्ध पाकिस्तानले संयुक्त राष्ट्र संघमा समेत असन्तुष्टी जनाईसकेको छ साथै इस्लामिक देशहरुलाई पनि कश्मीरी जनताको लागि बोल्न पाकिस्तानले आग्रह गरेको छ । कश्मीरी जनताको लागि भारत सरकारबिरुद्ध कदम चाल्ने पाकिस्तानले घोषणा गरिसकेको छ ।

जम्मू कश्मीरलाई केन्द«शासित प्रदेश बनाएपछि भारत पाकिस्तानबीच थप समस्या बढेको छ । यसबीच पाकिस्तानले आज बुधबार नयाँ दिल्लीसंग सबै राजनयिक सम्बन्ध तोडेको छ । उसले पाकिस्तानमा रहेका भारतीय उच्चायुक्त्त अजय बिसारियालाई देश छोड्न आदेश दिईसकेको छ ।

पाकिस्तानका बिदेश मन्त्री शाह मुहमूद कुरैशीका अनुसार पाकिस्तानले दिल्लीबाट आफनो उच्चायुक्त्त पनि फिर्ता बोलाईसकेका छन् । भारत सरकारले जम्मू कश्मीरमा अनुच्छेद ३७० खारेज गरेपछि प्रधानमन्त्री इमरान खानले आज प्रधानमन्त्री कार्यालयमा राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाएका छन् ।

बैठकले अब भारतसंग द्धिपक्षीय व्यापारमाथि पनि रोक लगाउँने निर्णय लिएको छ । साथै एनसीसीलाई पनि भारतका राजदूतहरुसंग सम्बन्धको स्तर पनि कम गर्ने निर्णय लिएको छ । पाकिस्तानले १४ अगस्ट पाकिस्तानी कश्मीरीहरुको समर्थनमा मनाउँने र अगस्ट १५ लाई कालो दिवसको रुपमा पनि मनाउँने भएको छ ।

शेयर गरौ

ताजा अपडेट