सिटिइभिटीको प्रवेश परीक्षा निरीक्षण गर्न प्रदेश मन्त्री चितवनमा

चितवन २२ साउन । चितवनमा आज सञ्चालन भएको प्राविधिक विषय प्रवेश परीक्षाको ३ नं. प्रदेशका समाजिक विकास मन्त्री युवराज दुलालले निरीक्षण गर्नु भएको छ ।
प्राविधिक विषय अध्ययन गर्नको लागि विभिन्न संकायको प्रवेश परीक्षा आज एकै दिन सिटिइभिटीले लिएको थियो । एक दर्जन परीक्षा केन्द्र रहेको चितवनमा मन्त्री दुलालले निरीक्षण गर्नु भएको हो । स्टाफ नर्स, ल्याव, ओभरसियर, फार्मेसी, एचए लगायत विभिन्न प्राविधि विषयको एकै दिन प्रवेश परीक्षा लिएको थियो । परीक्षा शान्त रुपमा सम्पन्न भएको स्कुल अफ हेल्थ साइन्स भरतपुरका प्रमुख रमनकुमार मेहताले जानकारी दिनु भयो ।
मन्त्री दुलालले स्कुल अफ हेल्थ साइन्स, नारायणी, भानु मावि लगायतको स्थानमा निरीक्षण गर्नु भएको थियो । भरतपुर, नारायणगढ, माडी गरी चितवनमा १२ वटा केन्द्र रहेको थियो । ४ हजार भन्दा धेरै विद्यार्थी आजको परीक्षामा सहभागी भएका थिए ।

शेयर गरौ

ताजा अपडेट