नेपाल वायु सेवा निगमलाई सुधार्न ५ सदस्यीय कार्यदल गठन

काठमाडौं, २२ साउन :

पछिल्लो समय धरासायी बन्दै गएको नेपाल वायु सेवा निगमलाई सुधार्न ५ सदस्यीय कार्यदल बनाइएको छ ।

संस्कृतिस पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले धरासायी बनेको नेवानिको अवस्था उकास्न एक महिना भित्र प्रतिवेदन दिने गरी ५ सदस्यीय कार्यदल बनाइएको जानकारी दिए । कार्यदलको संयोजकमा पूर्वसचिव सुशील घिमिरे रहेका छन् ।

त्यस्तै सदस्यहरुमा चार्टर्ड एकाउन्टेन्ट प्रमोद कर्ण, व्यवस्थापन विज्ञ डिम प्रकाश पौडेल, क्याप्टेन सुधीरसंशेर राई रहेका छन् ।

कार्यदलको सदस्य सचिवमा मन्त्रालयका सहसचिव बुद्धिसागर घिमिरेलाई तोकिएको छ । मन्त्री भट्टराईले यही बीचमा नेपाल वायु सेवा निगम सँग आफूले बिजनेस प्लान मगाएको पनि जानकारी दिए । त्यस्तै मन्त्री भट्टराईले विमानस्थलमा सञ्चालन भइरहेका पुराना गाडी हटाउन पनि निर्देशन दिएको बताएका छन् ।

शेयर गरौ

ताजा अपडेट