काठमाडौ २२ साउन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको छ ।
सांसद रंगमति शाहीको प्रस्ताव तथा बालकृष्ण खाँण, डिला संग्रौला पन्त तथा प्रकाश रसाइली स्नेहीको समर्थनमा संसद सचिवालयमा प्रस्ताव दर्ता गरिएको छ । बुधबार ११ बजे दर्ता गरिएको प्रस्तावको दर्ता नम्बर भने १२ छ ।
प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ७१ बमोजिम दर्ता प्रस्तावमा क्वारेन्टाइनको समस्याले जडीबुटी निकासीमा आएको अवरोध अन्त्य गर्न संसदमा छलफलको माग गरिएको छ ।
क्वारेन्टाइनको अवरोधले संकलित जडीबुटी खेर जाने तथा यस क्षेत्रका हजारौं नेपालीको रोजगारी प्रभाव पार्ने भन्दै क्वारेन्टाइनको उचित प्रबन्धको मागका लागि सार्वजनिक महत्त्वको प्रस्ताव पेस गरिएको छ ।