पत्रकार पुडासैनीको शव उठ्यो, पोष्टमार्टम काठमाण्डौमा हुने

चितवन, साउन २१।

चितवनको एक होटलमा मृत भेटिएका पत्रकार सालिकराम पुडासैनीको शव पोष्टमार्टमका लागी काठमाण्डौ लगीएको छ । मृतकका परिवारले प्रहरीमा जाहेरी दिएर फर्किएपछि शव पोष्टमार्टमका लागी काठमाण्डौ लैजाने निष्कर्षमा पुगेका हुन । प्रहरी प्रशासन, होटल व्यवसायी लगायत सरोकारवाला पक्षले घट्नाको निस्पक्ष छानविन गर्ने प्रतिवद्धता जनाएपछि सव २३ घन्टापछि उठाउन परिवार सहमत बनेको थियो ।
पुडासैनी भरतपुर महानगरपालिका १ नारायगढस्थित पोखरा बसपार्कको कंगारु होटलमा सोमवार ९ बजे झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । उनका परिवारले घट्ना संकास्पद भएको भन्दै ससत्यतथ्य पत्ता नलगाएसम्म सव नबुझ्ने अडान लिएपछि समस्या भएको थियो । प्रहरीले सवको मुचुल्का उठाए पनि परिवारको अडानका कारण २३ घन्टापछि बल्ल सव उठेको हो ।

शेयर गरौ

ताजा अपडेट