लगातार उकालो लागिरहेको सुनको भाउ मंगलबार ६८ हजार रुपैयाँ

काठमाडौं, २१ साउन :

लगातार उकालो लागिरहेको सुनको भाउ मंगलबार पनि बढेको छ ।

सोमबार प्रतितोला ६७ हजार ८०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार ६८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको मूल्य अहिलेसम्मकै उच्च हो। आइतबार ६६ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन सोमबार एक हजार ५०० रुपैयाँ बढेको थियो ।

चाँदीको भाउ भने बढेको छैन। सोमबार प्रतितोला ७९५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलकार पनि सोही मूल्यमा कारोबार भइरहेका छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको, अमेरिका र चीनबीचको व्यापार युद्धको प्रभाव अन्तर्राष्ट्रिय सेयर बजारमा परेका कारण सुनको भाउ निरन्तर उकालो लागेको व्यवसायीहरुको भनाइ छ ।

हिन्दू धर्मावलम्बीहरुको चाड तीज नजिकिँदै गर्दा सुनको कारोबार बढ्नुपर्ने बेला भाउ आकाशिएपछि विक्री घटेको महासंघले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट