खैरहनीमा युुवा लक्षित व्यवसायिक घुम्ती कोष

चितवन २० साउन  । चितवनको खैरहनी नगरपालिकाले कृषि पेशा गर्न चाहने युवाहरुलाई लक्षित गरि घुम्ती रिफन्ड कोषबाट सहयोग गर्ने भएको छ ।

कृषि पेशामा युवाहरुलाई आर्कषित गर्न चालु आर्थिक वर्षमा नगरपालिकाले कोषका लागि १० लाख रुपैया छुट्याईएको छ । नगरपालिकाका प्रमुख लालमणी चौधरीका अनुसार कार्यविधि वनाएपछि कोषबाट युवाहरुले रकम प्राप्त गर्नेछन् ।

कृषि पेशा गर्न चाहने युवाहरुलाई पछि फिर्ताको सुनिश्चितता गरि रकम उपलव्ध गराईने छ । यसैगरी खैरहनीले माछापालन गर्ने किसान,समुह तथा सहकारीका लागि नयाँ प्रविधिमा आधारीत यन्त्र उपकरण खरिदका लागि १० लाख,मौरीपालन गर्ने कृषक,समुह तथा सहकारीहरुको सहलगानीमा मह प्रशोधन,भण्डार तथा वजार व्यवस्थापन प्रवद्र्धनका लागि १० लाख,व्यवसायिक केरा प्रसोधन तथा वजार व्यवस्थापनका लागि ६ लाख रुपैया, शीत भण्डारका लागि १ करोड २५ लाख रुपैया छु्ट्याएको खैरहनीकी उपमेयर सुनिता थपलियाले वताईन् ।

कृषि उत्पादनलाई वढाउन सिंचाईका लागि मात्रै ३ करोड ४५ लाख रुपैया पनि विनियोजन गरिएको उनले वताईन् ।

शेयर गरौ

ताजा अपडेट