काठमाडौं, २० साउन । चार किलो सुन सुनसहित एक जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छन् । त्रिभुवन विमानस्थलमा ड्रयागन एयरको विमानबाट नेपाल आएका ली निङ्ग्सीलाई उक्त परिमाणको सुनसहित विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।
आइतबार राति उनलाई विमानस्थलबाट पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तर, विमानस्थल भन्सार कार्यालयले भने पहेंलो वस्तु बरामद गरेको र उक्त बस्तु सुन नै भए–नभएको पुष्टि भइनसकेको जनाएको छ ।
सरकारले त्रिभुवन विमानस्थलबाट सुन तस्करीका घटना नियन्त्रण भएको दावी गरिरहेका बेला विमानस्थलबाट तस्करीको सुन बरामद हुने क्रम भने घटेको छैन । सरकारले सुन तस्करी नियन्त्रणमा आएको दावी गरे पनि यी घटनाहरुले भने विमानस्थलबाट सुन तस्करी हुने घटना नरोकिएको पुष्टि गरेको छ ।


