अर्थशास्त्र अध्ययन गरेर योजना ल्याउनुस कर्मचारी हावी हुदैन : पूर्व अर्थमन्त्री पाण्डे

चितवन समाचार डटकम
१९ साउन ।
नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले स्थानीय तहका हरेक वडा अध्यक्षदेखि मेयरसम्मले अर्थशास्त्र अध्ययन गरेर विकासको काम गर्न सुझाब दिनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा चितवनले आइतबार भरतपुरमा जनप्रतिनिधिहरुको लागि आयोजना गरेको एकदिने प्रशिक्षण कार्यक्रममा सम्वोधन गर्दै उहाले आफ्नो क्षेत्रमा योजना बनाउदा अर्थशास्त्रको सामान्य ज्ञानलाई प्रयोग गरिएन भने स्थायीत्व नहुने बताउनु भयो ।
अर्थशास्त्रको विषयमा ज्ञान नहुदा जनप्रतिनिधिलाई कर्मचारीहरुले घुमाइराखेको भन्दै पूर्व अर्थमन्त्री पाण्डेले भन्नु भयो ‘आफूले अध्ययन गरेर ज्ञान हासिल गरे काममा निखारता आउनेछ ।’
आफूले अध्ययन नगर्ने अनी कर्मचारीले काम गरेर उसले विगा¥यो भनेर मात्र हुदैन उहाले भन्नु भयो ‘विकासका योजना निर्माण गर्दा अविश्यको विषयमा अहिलेनै सोच्नु पर्दछ ।’ उहाले भन्नु भयो ‘विकासका योजना ल्याउदा कति वर्षमा सम्पन्न हुने कती खर्च लाग्दछ विषयलाई ध्यान दिनु पर्दछ, अहिले बनाउदै जाउ पछि हेर्दै गरौला भन्ने सोचाइ राख्न हुदैन ।’


अहिले वडा सदस्यदेखि मेयरसम्मका जनप्रतिनिधिहरुमा असन्तुष्टी देखिएको छ । यो विषयले काम गर्न दिएन । त्यो कारणले भएन, हामीलाई सिकाइएन । आजैदेखि जनप्रतिनिधिहरुले आफ्नो कार्यशैली परिवर्तन गरेर काम गरिएन भने आफू मात्र होइन यसले पार्टीलाई समेत नराम्रो असर पर्ने बताउनु भयो । ‘अरुले सिकाउन आउने होइन आफैले काम गरेर देखाउने हो ’ पूर्व अर्थमन्त्री समेत रहनु भएका पाण्डेले भन्नु भयो । तीन वर्ष गइसकेको छ अब दुइ वर्ष बाँकी छ यसलाई अघिकतम उपयोग गरेर परिणाम ल्याउने गरी काम गर्नको लागि सुझाब दिनु भयो । ‘चारवर्षमा गर्ने काम दुइ वर्षमा तपाइहरुले गर्नु पर्दछ ’जनप्रतिनिधिलाई उहाले भन्नु भयो ।
अध्ययन गर्ने अरुले गरेको राम्रा कुरालाई सिको गर्ने, छिमेकी पालिकासंग छलफल परामर्श गर्ने, राम्रा विषय ग्रहण गर्ने नयाँ योजना सिर्जना गर्ने उत्पादनलाई जोड दिने खालका कार्यक्रम ल्याउने गरेमा मात्र विकास हुने उहाले बताउनु भयो । केन्द्रले बजेट दिन्छ र म खर्च गर्छु विकास गर्छु भन्ने मानसिकता पालिका प्रमुखहरुमा रहेको नेता पाण्डेले बताउनु भयो । स्थानीय र प्रदेशबाट राजश्व न्युन उठेको छ, यसले के देखाउदछ भने आफूले काम नगर्ने केन्द्रको भर पर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा नेकपाका नेता तथा पूर्व स्थानीय विकास मन्त्री केशवलाल श्रेष्ठ, नेकपा ३ नं. प्रदेश कमिटीका सचिव आनन्द पोखरेलले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा नेकपाका जिल्ला इन्चार्ज कृष्णप्रसाद खनालले मन्तव्य राख्नु भएको थियो । जिल्ला अध्यक्ष यमबहादुर परियारको अध्यक्षतामा भएको कार्यक्रममा नेता तेजेन्द्रबहादुर खड्काले सञ्चालन गर्नु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट