काठमाडौ ११ असार । यस वर्षका माध्यामिक शिक्षा परीक्षा (एससीईइर्) को परीक्षाफल आज बेेेेलुकासम्ममा प्रकाशित हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले भ्याय सम्म आज नभय भोलि सम्ममा परीक्षाफल प्रकाशित गर्ने गरी तयारी गरेको परीक्षा नियन्त्रक विष्णु अधिकारीले बताउनुभयो ।
सो कार्यालयले आज दिउँसो १.०० बजेका लागि बोर्डको बैठक बोलाएको र बुधबार काम सम्पन्न भए आजनै पनि परीक्षा प्रकाशित गरिने सो कार्यालयले जनाएको छ ।
अन्य कुनै काबु बाहिरको परीस्थिति नआएका आज परीक्षाफल प्रकाशित गर्ने तयारी गरी रहेको नियन्त्रक अधिकारीले बताउनुभयो ।
यस वर्षको एसईई परीक्षमा कुल चार लाग ७४ हजार तीन जना विद्यार्थी सहभागी भएका छन् ।