चितवन समाचार डटकम, १० असार ।
प्रदेश नम्वर ३ का मुख्य मन्त्री डोरमणी पौडेलले संघ, प्रदेश र स्थानीय तीनै तहको संमन्वय हुन सके समृद्धि हासिल गर्न सहज हुने बताउनुभएको छ । भरतपुर महानगरपालिकाको चौथो नगरसभालाई आज भरतपुरमा संवोधन गर्दै मुख्य मन्त्री पौडेलले तीनै तहका सरकारको समन्वयमा जोड दिनुभएको हो ।“ बिकासका लागी तीनैतहका सरकार बिच पर्याप्त समन्वय हुनुपर्दछ अनि मात्र समृद्धि हासिल गर्न सहज हुन्छ” पौडेलले भन्नुभयो ।
नीति कार्यक्रम अनुसार आउने बजेट कार्यान्वयन नै प्रमुख चुनौती रहको मुख्यमन्त्री पौडेलले बताउनुभयो । योजना अनुसार काम अघि बढाउनुको बिकल्प नरहेको उहाँले स्पष्ट पार्नुभयो । समाजवाद उन्मुख अर्थब्यवस्थालाई ध्यान दिदैं पुरानो सोच त्यागेर नयाँ ढंगले बजेट कार्यान्वयनमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । “समाजबाद उन्मुख छौ तर हाम्रो सोच कार्य शैली परिवर्तन गर्नु जरुरी छ । हामी पुरानै शैलिमा बजेट ल्याउदै छौ । बिकास भौतिक मात्र होइन उमेरगत आबश्यकताका कार्यक्रम पनि बिकास हो सोच मा परिवर्तन ल्याउनु पर्दछ । ” पौडेलले भन्नुभयो ।


