चितवन समाचारडटकम, ८ असार ।
राप्ती नगरपालिका वडा नम्वर ६ स्याउलिवजार नजिक चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती जंगलमा वातावरण प्रभाव मुल्याङकन (ईआइए) विनानै ४७ विगाह जमिनमा पाेखरी खनिएको खुलेकाे छ ।
३ नं. प्रदेश सरकार, राप्ती नगरपालिका र जनसहभागिता मा पर्यटन प्रवर्द्धनका लागि भन्दै पाेखरी खनेर भस्माडि ताल बनाईएकाे हाे ।
याे पाेखरी निर्माणमा वातावरणीय प्रभाव मुल्यांकन नगरिएकोमा निकुञ्जकाे ध्यानाकर्षण भएको प्रमुख संरक्षण अधिकृत बेदप्रसाद ढकालले बताउनुभयाे ।
” ईआइ ए नगरी डाेजर चलाएर पाेखरी बनाएकाे पाईयाे, याे विधि सम्मत भएन, यसवारे थप अध्ययन गर्दैछाै।” ढकालले भन्नुभयाे
राप्ती एकता मध्यवार्ती सामुदायिक वनका अध्यक्ष पूर्णवहादुर थापाले भन्नु भयो ‘हामीले न्यूनतम वातावरण प्रभाव मुल्याङकन मापदण्ड पूरा गरेका छैनौ ।’ पहिलादेखि पानी वगेको स्थानलाई ताल निर्माण गरी माछा पोखरी बनाउने, गैंडालाई आहाल खेलाउने आय आर्जन गर्ने गरी काम गरेको हौ । वातावरण प्रभावको विषयमा हामीले ध्यान दिएनौ ।”
निकुञ्ज र यस आसपासका जंगलमा हुने यस्ता गतिविधिलाई कानुनले रोकेको छ । वातावरणमा प्रभाव नपार्ने गतिविधि मात्र गर्न पाइने व्यवस्था छ ।
भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका मत्य विकास अधिकृत प्रशान्त सापकोटाले भन्नु भयो ‘परियोजना अन्तरगत अनुदानको रकम किसानलाई दिने हो ।’
माछा पोखरी निर्माणको लागि आउने अनुदानको रकमबाट भष्माडी पोखरी निर्माण गर्न रकम दिएको हो उहाले भन्नु भयो ।
राप्ती नगर, खैरहनी नगर र माडी नगरमा गरी दुइ करोड ५६ लाख रुपैया आएको छ । उहाँका अनुसार माछा पोखरी निर्माण गर्न चाहने किसानलाई परियोजना मार्फत अनुदानमा प्रतिकठ्ठा १० हजारका दरले दिने गरिन्छ । समुदाय मिलेर रकम माग गर्न आएमा पनि उपलब्ध गराउने गरेको बताउनु भयो ।
पोखरी निर्माणमा प्रदेश सरकारको ५० प्रतिशत, समुदायको ३० प्रतिशत र राप्ती नगरपालिकाको २० प्रतिशत लगानी रहेको नगर प्रमुख प्रभा बरालले जानकारी दिनुभयो ।
सिचाइ गर्ने खोलाको मुहानै बन्द गरिने गरी पोखरी निर्माण गरेको भन्दै खैरहनी नगरपालिका क्षेत्रका स्थानीयले तालको वाध भत्काएका छन् ।


