चितवनको रिग्दीखोलामा पर्यटक बसले कारलाई ठक्कर दियो, एकजनाको मृत्यु

चितवन, असार ७ ।
नारायणगढ मुग्लीन सडक खण्ड अन्तरगत भरतपुर महानगरपालिका २९ रिग्दी खोलामा आज अपरान्ह बसले ठक्कर दिदाँ एकजनाको मृत्यु भएको छ ।

 

चार जना घाईते भएका छन् । बा १ प ५०५ नम्बरको पर्यटक बसले ग १ च ७३०८ नम्बरको कारलाई ठक्कर दिदाँ घाईते पाँचजना मध्ये एकजनाको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा स्याङ्जाका ४८ वर्षीय होम बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

थापाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अन्य चार जना मध्ये दुई जनाको चितवन मेडिकल कलेजमा, एक जनाको भरतपुर अस्पतालमा र एक जनाको पुरानो मेडीकल कलेजमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट