नेकपा सचिवालय बैठक सकियो ,ठोस निर्णय भएन

काठमाडौं, ७ असार ।

महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय वैठक विषय प्रवेश नै नगरी स्थगित भएको छ ।

आजको सचिवालय वैठकले राजनीतिक दस्तावेज, जिल्ला इञ्चार्ज र सहइञ्चार्ज तोक्ने भनिए पनि बैठकमा खास एजेण्डाको बारेमा प्रवेश हुन नपाउँदै बैठक स्थगित भएको बैठकमा उपस्थित एक नेताले जानकारी दिएका छन् ।

शनिबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीको युरोप भ्रमणको बारेमा जानकारी गराउने क्रममा बढी समय लागेको हुनाले बैठकमा खास विषयको निर्णय हुन नसकेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका हुन् । प्रधानमन्त्री ओली युरोप भ्रमणबाट फर्किएपछि यो पहिलो सचिवालय बैठक बसेको हो ।

बैठक जारी हुँदै गर्दा प्रधानमन्त्री ओली मुस्लिम समुदायको रमदानसम्बन्धी कार्यक्रममा जानु पर्ने भएपछि बैठक स्थगित भएको हो । अर्को बैठक कहिले बस्ने भन्नेबारेमा मिति तय भएको छैन ।

शेयर गरौ

ताजा अपडेट