झरीले कतै राहत कतै आहत: माडी ठाेरी सडक अबरुद्ध

चितवन ७ असार । बिहानदेखि परेको लगातारको वर्षाले गर्दा चितवनको माडी–ठोरी सडक अवरुद्ध भएको छ ।
माडी नगरपालिका वडा नं ३ र ४ को सीमानामा पर्ने मगई खोलामा आएको बाढीले सडक भत्काउदा बाटो अवरु अवरुद्ध भएको हो । बिहान साढे ८ बजेदेखि सडक अवरुद्ध भएपछि गन्तव्यमा हिडेका सवारीसाधन रोकिएका छन् ।

खोलामा अहिले पक्की पुल निर्माण भइरहेको छ । बाढीले पुल निर्माणमा प्रयोग गरिएका तीनवटा जेनेरेटरसमेत पुरेको इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । पानी पर्न नरोकिएसम्म सडक सञ्चालन गर्न सम्भव नरहेको उहाँले बताउनुभयो ।
वाढीले बाटो अबरुद्ध भएपनि मानिसवीय क्षती नभएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । हिजो राति र आज विहानदेखि परेको पानीका कारण गर्मीमा राहत भएको छ । उखरमाउलो गर्मीले आक्रान्त भएको चितवन वासीलाई वर्षाले सितलता दिएको हो । दिउसोसम्म वर्षातले ठुलो क्षती पुगेको छैन । आज दिनभरीनै पानी परेको छ ।

शेयर गरौ

ताजा अपडेट