विरामी रेशम चौधरीलाई १४ किलोको नेल

काठमाडौं, ७ असार । समाजवादी पार्टी नेपालका अध्यक्ष डा। बाबुराम भट्टराईले राजपा नेता तथा सांसद रेशम चौधरीलाई उपचारको क्रममा १४ किलोको नेल र हत्कडी लगाइएको भन्दै आपति जनाएका छन् ।

आफूले चौधरीलाई अस्पतालमा भेटेको तस्विर आफ्नो सामाजिक सञ्जालमा पोष्ट गर्दै डा. भट्टराईले १४ किलोको नेल र हत्कडीले बाँधेर लडाउनु कति मानवोचित र विधिसम्मत हो ? भन्दै प्रश्न गर्नु भएको छ ।

उहाले लेख्नु भएको छ ‘हिजो निरंकुश राजतन्त्रले ‘आतंकवादी’र ‘अराष्ट्रिय तत्व’ को आरोपमा यसरी नै गोलघरको यातना दिएका महानुभावहरूले अहिले उही हर्कत उत्पीडित थारू आन्दोलनकारीहरूमाथि गर्नु कति विडम्बनापूर्ण ।’

टीकापुर थारू विद्रोहको क्रममा जेलमा रहेका सांसद चौधरीलाई मेरूदण्डसम्बन्धी उपचारका निम्ति अहिले वीर अस्पतालमा राखिएको छ । उहालाई नेल लगाइएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । उहामा फोक्सो र बोनम्यारोको समस्या देखिएको चिकित्सकहरुले बताएका छन् ।

शेयर गरौ

ताजा अपडेट