चितवन समाचार डटकम,
५ असार ।
नेपालमा पहिलो पटक चितवनको नारायणी नदी किनारमा शुक्रबारबाट बिच कवडी प्रतियोगिता शुरु हुदैछ ।
अखिल नेपाल कवडी संघको आयोजनामा शुरु हुने खेलमा आठ वटा टिमले सहभागीता जनाउने भएका छन् । नारायणगढको नजिकै नारायणी नदी किनारमा हुने प्रतिगोगितामा ६ वटा प्रदेश र प्रहरी, सशस्त्र प्रहरी विभागीय टिमले सहभागीता जनाउने अखिल नेपाल कवडी संघका केन्द्रीय अध्यक्ष तुलसा थापाले जानकारी दिनु भयो ।
उहाले भन्नु भयो नेपालमा पहिलो पटक हुन लागेको खेलले खेलाडीसंगै खेल पर्यटकलाई प्रोत्साहन मिल्नेछ । खेलमा सहभागी हुने टिमहरुमा प्रदेश नं. १, २,३, ४, ५ र ७ रहेका छन् । असार ६ र ७ गते दुइदिन हुने खेलमा प्रथम हुनेलाई एकलाख, दुतीय हुनेलाई ५० हजार र तेस्रोलाई २५ हजार नगद पुरस्कार दिने आयोजकले जानकारी दिएको छ ।


