गर्मीको प्रभाव : चितवनमा रगतको अभाव, दाता आफै खोज्नुपर्ने बाध्यता

चितवन समाचारडटकम,
२ असार ।

गर्मी बढेपछि चितवनको रक्तसञ्चार केन्द्रमा रगतको अभाव देखिएको छ ।
रगत आवश्यक पर्ने विरामीको सख्या बढ्ने तर रक्तदानको कार्यक्रम नहुदा रगतको अभाव भएको केन्द्रले जानकारी दिएको छ । स्टक रगत भन्दा पनि ताजा रगतको माग भएपछि केन्द्रलाई रगत दिन समस्या परेको हो । क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले भन्नु भयो ‘ताजा सेतो रगतको अभाव हुन थालेको छ, रगत नपाएर विरामी मर्ने अवस्था नभएपनि जुन सुकै समयमा समस्या आउन सक्छ ।’ उहाले भन्नु भयो हामीसंग भएका मौजात लामो समय रहने रगतको माग कम हुन्छ ताजा रगतको माग धेरै छ त्यसैले समस्या आएको छ ।

क्यान्सरका विरामीहरुलाई सेतो रगत आवश्यक पर्दछ । त्यस्ता विरामीको सख्या चितवनमा धेरै रहेको रक्तसञ्चार केन्द्रले जानकारी दिएको छ । क्यान्सर अस्पताल यही भएको र अन्य विरामीहरुलाई पनि सेतो ताजा रगत आवश्यक पर्दछ । रक्तसञ्चार केन्द्रमा थोरै स्टक रहेकाले धेरै चाहिने अवस्था आएमा समस्या पर्ने उहाले बताउनु भयो ।
विरामीलाई रगत आवश्यक परेर लिन गएमा रगत दिने व्यक्तिसंगै लैजानु पर्ने हुन्छ । ताजा रगत केन्द्रमा नभएको भन्दै लिन गएका व्यक्तिलाई रक्तदान गर्ने व्यक्ति खोजेर ल्याउन लगाइन्छ । रगत लिनको लागि ब्लड बैक पुग्नु भएका सिरहाका रोहीत कुमार यादवले भन्नु भयो मेरो वुवा विरामी भएर ताजा रगत लिन आएको छु तर दिनु भएन । रगत दिने व्यक्ति खोजेर ल्याउनु भन्नु भएपछि समस्यामा परे उहाले आफ्नो समस्या सुनाउनु भयो । रगत लिन आएको अब मैले कहाँबाट रक्तदाता खोज्दै हिड्ने उहाले भन्नु भयो ।

उहा मात्र होइन अहिले ताजा रगत लिन गएका विरामीलाई केन्द्रले रक्तदान गर्ने व्यक्ति लिएर आउनु भन्ने गरेको छ । केन्द्रका प्रमुख पौडेलले भन्नु भयो पर्याप्त रगत नभएको कारण सकेसम्म रक्तदान गर्ने व्यक्ति लिएर आउनु भनेका छौ । दाता छैन भने हामी रगत पठाइदिन्छौ । सबैलाई यसरी दिने हो भने स्टकमा रहेको रगत दुइदिनमा सकिन्छ पौडेलले भन्नु भयो । चितवनमा जस्तै रगतको अभाव वीरगञ्ज, विराटनगर, धनगढी, झापा, वुटवल, नेपालगञ्जमा पनि समस्या भएको कैन्द्रका प्रमुख पौडेलले बताउनु भयो ।

गर्मी वढेपछि भरतपुरका अस्पतालहरुमा विरामीको चाप वढेको छ । यहाँ तीन वटा मेडिकल कलेज, क्यान्सर अस्पताल, भरतपुर अस्पताल अन्य साना गरी दुइ दर्जन अस्पतालहरु यहाँ रहेका छन् । उपचार गराउने आउने विरामीको सख्या उच्च रहेकाले रगतको माग उच्च भएको हो ।

शेयर गरौ

ताजा अपडेट