चितवन समाचार डटकम , २५ जेठ ।
प्रतिनीधि सभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले मिडिया काउन्सील बिद्येयक–२०७६ लाई परिमार्जन गरेर मात्र पारित हुने स्पष्ट पार्नुभएको छ ।
सिंहदरवार स्थित कार्यालयमा संबैधानिक कानुन ब्यवसायी मञ्चले वुझाएको ज्ञापन पत्र वुझ्दै सभापति पोखरेलले भारत लगायतका अन्य प्रजातान्त्रिक मुलुकको अभ्यास, नेपालको संबिधानले सुस्पष्ट गरेको पूर्ण प्रेस स्वतन्त्रताको मर्म र भावना सबै बिषयलाई ध्यान दिएर बिद्येयकलाई परिमार्जन र परिस्कृत गरिने उल्लेख गर्नुभयो ।
मञ्चले मिडिया काउन्सील बिद्येयक–२०७६ र मानवअधिकार आयोग ऐन ( प्रथम संसोधन बिद्येयक २०७६ )का सम्वन्धमा संसोधन गर्नुपर्ने माग गर्दै ज्ञापन पत्र वुझाएको हो ।
सो क्रममा सभापति पोखरेलले मानवअधिकार सम्वन्धि अन्तराष्ट्रिय मुल्य, मान्यता, सम्झौता र प्रतिवद्धता वाहिर गएर बिद्येयक पारित नहुने बताउनुभयो । उहाँले यी सबै मान्यतालाई ध्यान दिएर बिद्येयकको परिमार्जन गरिने प्रतिवद्धता ब्यक्त गर्नुभयो । पेरिस प्रिन्सिपल र अन्तराष्ट्रिय मुल्य, मान्यता वाहिर कहि कतै जाने वा तलमाथी गरिने छैन , पोखरेलले भन्नुभयो ।
ज्ञापनपत्र वुझाउन संबैधानिक कानुन ब्यवसायी मञ्चका अध्यक्ष राजु चापागाँई, सहित पदाधिकारीहरु पवनकुमार जैसवाल, सरोज कृष्ण घिमिरे लगायत सिंहदरवार स्थित समितिको कार्यालय पुगेका थिए ।


