आइसिसी यू(१९) विश्वकप छनोटमा नेपालको शानदार जित, ओमान १ सय ५० रनको फराकिलो अन्तरले पराजित

काठमाडौं, ३ बैशाख :

आइसिसी यू १९ विश्वकप छनोटमा नेपालको शानदार जित निकालेको हो । ओमान १ सय ५० रनको फराकिलो अन्तरले पराजित भएको हो ।

क्वालालाम्पुरको सिंलेगर टर्फ क्लबमा मंगलबार भएको खेलमा नेपालले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको ओमानले ४४.१ ओभरमा सबै विकेट गुमाएर ७९ रनमात्रै बनाउँन सक्यो । ओमानका अमनप्रित सिराह र जिल टन्नाले समान १३-१३ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । नेपालका पवन सर्राफले ३ तथा सुर्या तामाङ र प्रतिश जिसीले २-२ विकेट लिए ।

त्यसबाहेक नेपालका कुशल मल्ल, भीम सार्की र कमलसिंह ऐरीले १-१ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४३.२ ओभरमा सबै विकेट गुमाएर २ सय २९ रन जोडेको थियो ।

अन्तिम विकेटका लागि प्रतिशले २३ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै नेपाललाई सो स्कोरमा पुर्‍याएका हुन् । त्यसअघि रोहित पौडेलले ७५ रन जोड्दै नेपालको इनिङ अघि बढाएका थिए । ८१ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे । त्यसबाहेक भीम सार्कीले ३९, अभिशेक वस्नेतले १५ तथा ओपनर रित गौतमले १० रन जोडे। पवन सर्राफ, हरिशंकर शाह र सन्दीप जोराले दोहोरो अंक जोड्न सकेनन् ।

जारी विश्वकप छनोटमा नेपालसहित ६ राष्ट्रले सहभागिता जनाएका छन् ।

शेयर गरौ

ताजा अपडेट