युरोकप छनोटअन्तर्गत गएराति भएका खेलमा इङ्ल्यान्ड,फ्रान्स,टर्की र आइसल्यान्डको सहज जित

काठमाडौं, ९ चैत :

युरोकप छनोटअन्तर्गत गएराति भएका खेलमा इङ्ल्यान्ड, फ्रान्स, टर्की र आइसल्यान्डले सहज जित हात पारेका छन् ।

इङ्ल्याण्डले चेक गणतन्त्रलाई ५–० को भारी अन्तरले हराएको छ । इङ्ल्याण्डको जितमा रहिम स्ट्रलिङले ह्याट्रिक गर्दा हेरी केनले एक गोल गरे । खेलको अन्तिममा इङ्ल्याण्डले उपहार गोल मार्फत खेल ५–० ले जितेको हो ।

अर्को खेलमा विश्व विजेता फ्रान्सले मोल्डोभालाई ४–१ ले हरायो । पहिलो हाफमा नै ३–० को अग्रता बनाएको फ्रान्सका लागि एन्टोइन ग्रिजम, भाराने, ओभिर जिरुड र केलीयन एम्बाप्पेले गोल गरे ।

खेलको अन्तिममा मोल्डोभाले एक गोल फर्काएको थियो । यस्तै टर्कीले अल्बानियालाई २–० ले हरायो भने आइस्ल्याण्डले एन्डोरालाई पनि २–० ले नै पाखा लगायो ।

यता क्रिस्टियानो रोनाल्डो टिममा फर्किएको खेलमा पोर्चुगल भने युक्रेनसँग गोलरहीत बराबरीमा रोकियो । गएराति नै भएका अन्य खेलमा बुल्गेरिया र मोन्टेनेग्रोले १–१ गोलको बराबरी खेल्दा लक्जेम्बर्गले लुथिलियालाई २–१ ले हरायो ।

शेयर गरौ

ताजा अपडेट