चितवन १४ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वी चितवनलाई दीर्घकालिन विकासका लागि यस क्षेत्रका खोलामा तटवन्धन र व्यवस्थित सडक निर्माण रहेको बताउनु भएको छ ।
चुनावी कार्यक्रममा रत्ननगरमा भएको कार्यक्रममा उहाले कटान र डुवानले समस्या पारेको यस क्षेत्रमा सधैका लागि समाधान गर्न तटवन्धन कार्यक्रमलाई छिटो पूरा गर्ने गरी अगाडि वढेको बताउनुभयो । यस क्षेत्रका धेरै खोलाहरुमा तटलन्धनका कामहरु सुरु भएको, निर्माण कार्य भइराखेको भएपनि सवै स्थानमा पूरा नभएकाले कटानको समस्या सधैका लागि समाधान गर्न आफूले काम गर्ने बताउनुभयो ।
आफ्नो विगतका कार्यकालमा गरिदै आएको कामलाई निरन्तरता दिदै अवको वर्षहरुमा तटवन्धनको समस्या नआउने गरी योजना ल्याउने बताउनुभयो । कटान र ड्ुवानको समस्या हटेपछि यस क्षेत्रमा सुरक्षित वासस्थान हुने बताउनुभयो । यो संगै शक्तिखोर फिसलिङ, भण्डारा मलेखु सुरुङ सहितको सडक र बाँकी रहेका स्थानमा कालोपत्रे गरे यस क्षेत्रको आर्थिक विकासमा आमूल परिवर्तन ल्याउने बताउनुभयो ।