बजेटले तत्काल रोजगार सिर्जना हुने कार्यक्रमलाई समेटनु पर्दछ : पूर्व अर्थमन्त्री पाण्डे

चितवन ८ जेठ । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आउदो बजेटले तत्काल रोजगार दिनसक्ने कार्यक्रम ल्याउनु पर्ने बताउनु भएको छ ।
विजनेस प्लस टेलिभिजनको शिखरतिर कार्यक्रमलाई अन्तरवार्ता दिदै उहाले कोरोना महामारीले आर्थिक अवस्था कमजोर बनाएको नेपालमा तत्काल रोजगार सिर्जन हुने कार्यक्रमलाई सम्वोधन गर्नु पर्नेमा जोड दिनु भयो । उहाले भन्नु भयो ‘ठुला परियोजना, धेरै वर्ष लगाएर निर्माण सम्पन्न हुने कार्यक्रममा अहिलेको बजेटले लगानी गर्न हुदैन । यसमा लगानी गर्दा प्रतिफल अहिले आउदैन त्यसैले वेरोजगार जनशक्ति वृद्धि हुने भएकाले उनीहरुलाई रोजगार दिने, उत्पादनमा जोड दिने खालका कार्यक्रमलाई प्राथमिकता दिनु पर्ने बताउनु भयो ।
उहाले सम्पन्न हुन लागेका विद्युत आयोजना, मेलम्ची आयोजना, पोखरा, भैरहवा विमान स्थल, कृषि जन्य उत्पादनका कार्यक्रमलाई लगानी गरेर छिटो प्रतिफल आउने कार्यक्रममा बजेटले सम्वोधन गर्नु पर्दछ । यो बजेटले दशौं वर्ष लगाएर निर्माण सम्पन्न हुने आयोजनालाई नसमेटी कृषिजन्य क्षेत्रमा लगानी गर्न सकेमा केही महिना भित्रैबाट उत्पादन दिएर स्वरोजगार हुनसक्ने बताउनु भयो ।
सम्पन्न हुन लागेका आयोजनालाई लगानी गर्न सकेमा लाखौंले रोजगारी पाउनेछन् । कृषिमा लगानी गरे केही महिनामा नै उत्पादन दिन सक्छ । त्यसले खान पुगेर केही रकम आम्दानी हुन्छ जसले गर्दा खाद्यान्नको अभावबाट बच्न सकिन्छ ।
नेपाल जस्तो गरिब मुलुकले ठुला आयोजनामा अहिले लगानी गरेर तत्काल प्रतिफल दिन नसक्दा पैसा खर्चपनि हुने वेरोजगार समस्या हल पनि नहुने अवस्था आउदछ । जमिनलाई बाँझो नराख्ने, जमिन अनुसारको खेती हुनेलाई प्राथमिकता दिनु पर्दछ । अब विदेशबाट लाखौ नेपाली स्वदेश भित्रिएपछि उनीहरुलाई पनि रोजगारी दिन सक्ने प्रकारका कार्यक्रम बजेटले समेट्नु पर्नेमा जोड दिनु भयो ।

विनोद त्रिपाठीले लिनु भएको अन्तरवार्तामा उहाले परिवर्तनलाई देख्ने र त्यसलाई साकार बनाउने क्षमताको कमी नेतृत्वमा भएको कारण नेपालले छिटो विकास गर्न नसकेको बताउनु भयोे । हामीले आन्दोलन गर्न जान्यौ तर विकास कसरी गर्न सकन्छि भन्ने जानेनौ त्यसैको परिणाम हो छिटो र दीर्घकालिन विकासको काम हुन नसकेको पाण्डेको भनाइ थियो ।

शेयर गरौ

ताजा अपडेट