संकटमोचनका कार्यक्रममा लगानी गर्नुपर्छ : पुर्व अर्थमन्त्री पाण्डे

काठमाडौ ३ जेठ । पुर्व अर्थ मन्त्री तथा नेकपा नेता सुरेन्द्र पाण्डेले नीति तथा कार्यक्रमले संकट समाधान गर्न सक्ने योजना ल्याउन नसकेको बताउनु भएको छ ।

सरकारले ल्याएको नीति तथा कार्यक्रम बारे आफ्नो टिप्पणी गर्दै उहाले अहिले बजेट परम्पराबादी बाट माथी उठ्नु पर्ने बताउनु भयो । उहाले भन्नू भयो सबैभन्दा पहिला संकटमोचनका कार्यक्रममा लगानी गर्नुपर्छ । नीति तथा कार्यक्रममा संकटमोचन तथा आर्थिक पुनरुत्थानकेन्द्रित कुनै कार्यक्रम घोषणा गरिएको छैन ।

त्यसमा बजेटले सम्बोधन गर्नुपर्छ । अहिले विशेष परिस्थिति छ । त्यसो हुँदा बजेट खास ठाउँमा लगानी गर्ने र जथाभावी नछर्ने कुरामा सचेत हुनुपर्छ । पूँजीगत खर्च छुट्याउँदा आगामी आर्थिक वर्षमै काम सम्पन्न भएर प्रतिफल दिनेलाई पर्याप्त बजेट छुट्याउनुपर्छ ।

तर, अझै ४–५ वर्ष लाग्ने परियोजनालाई कम प्राथमिकता दिनुपर्छ । यो समय नयाँ परियोजना शुरु गर्न सकिन्न । त्यसो हुँदा नयाँ परियोजना शुरु नगरेकै राम्रो हुन्छ । आगामी आर्थिक वर्षको बजेटलाई स्रोतको ठूलो समस्या पर्ने छ । चालू अवस्थामा रहेका सबै आयोजनालाई स्रोत छुट्याउने, नयाँ आयोजना पनि शुरु गर्ने भनिएको छ । त्यसो गर्न सकिन्न । त्यसमा स्रोतको अभाव हुन्छ । त्यसो हुँदा यसलाई बजेट विशिष्टीकृत गर्दै स्रोत छुट्याउनुपर्छ ।

शेयर गरौ

ताजा अपडेट