स्वदेशमै रोजगार सिर्जना गरिने छ : राष्ट्रपति भण्डारी

काठमाडौं २ जेठ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई कोभिड-१९ मुक्त देश बनाउनु पहिलो प्राथमिकता रहेको बताएकी छन् । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भण्डारीले यस्तो बताएकी हुन् ।

उनले आर्थिक तथा मानवीय क्षेत्रमा थप क्षति हुन नदिन सरकारले यथाशक्य काम गर्ने बताइन् । त्यसपछि स्वदेशमै रोजगार सिर्जना र आत्मनिर्भर हुने अवसर प्रवर्द्धन गर्ने उनको जिकिर छ ।

नीति तथा कार्यक्रममा अधिकतम आन्तरिक स्रोत परिचालन गर्ने उल्लेख छ । विश्वको अर्थतन्त्र संकुचन हुनसक्ने परिवेशलाई आत्मसात् गर्दै जोखिम व्यवस्थापन गर्न अर्थतन्त्रलाई सुदृढ बनाउने उनले बताइन् ।

उनका अनुसार सरकारले सञ्चालनमा ल्याएका कार्यक्रम पुनर्प्राथमिकीकरण हुनेछ, फजुल खर्च रोकिनेछ भने उत्पादन क्षेत्रमा लगानी केन्द्रित गरिनेछ ।

समग्र सन्तुलित विकासका लागि सरकारले सुरु गरेका आयोजना तोकिएको समयमा सम्पन्न गर्ने योजना उनले दोहोर्‍याइन् ।

शेयर गरौ

ताजा अपडेट