नवलपरासी २५ वैशाख ।युथ क्लब नारायणगढले इटा उधोगमा काम गर्ने मजदुरलाइ खाध्यान्न सहयोग गरेको छ ।
ग्लोबल फियरनेस ईनिसिएटिभको आर्थिक सहयोगमा बेटर ब्रिक नेपाल कार्यक्रम अन्तर्गत युथ क्लव नारायणगढले लक डाउनका कारण घर जान नपाएर ईट्टा उद्योगमा फसेका १३४ जना मजदुर र तिनका ३० जना बालबालिका लाई खाध्यान्न वितरण गरेको हो ।
उद्योगमा काम गर्ने कामदार समिति र गुनासो सुनुवाइ समितिका प्रतिनिधिको रहोवरमा वितरण गरिएको थियो । व्यवस्थापक तथा कार्यपालक अधिकृत- नवराज अर्याल, कावासोती नगरपालिका विपद् व्यवस्थापन संयोजक प्रेमशंकर मर्धनीया सहितको बैठकको निर्णय र निर्देशन अनुसार वितरण गरिएको । वडा सदस्य दानबहादुर महतोले खाध्य सामाग्रीको गुणस्तरीय हुनुपर्ने र वितरणमा सबैलाई समानता हुनुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा युथ क्लब नारायणगढका अध्यक्ष रामबाबु श्रेष्ठ, कार्यक्रम संयोजक रामचन्द्र आचार्यलगायतले मन्तव्य राख्नु भएको थियो । क्लबका उपाध्यक्ष शालिग्राम नेपाल, कार्यसमिति सदस्य सन्जय पाण्डेको सहभागिता थियो ।