मर्निङवाक गर्दै तरकारी बजारमा प्रचण्ड पुगेपछि……

चितवन समाचार डटकम, ९ चैत ।

सधैं झै तरकारी बजारमा झिसमिसेमै किसान र व्यापारी किनबेच गरिरहेका थिए ।

भरतपुर महानगर फलफुल तथा तरकारी बजार क्षेत्रपुरमा आकस्मिक रुपमा विहान ५:३० बजे तिर पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुग्नुभयाे ।

निलाे ट्रयाकसुट , क्यापटाेपि, जुत्ता मा फुर्तिलो शैलीमा प्रचण्ड  सिविलमा रहेका केही सुरक्षाकर्मिका साथ तरकारी बजार छिर्दा स्थानीय अचम्मित देखिन्थे । बजारका अध्यक्ष थिरप्रसाद  धितालले प्रचण्ड आउनु केही समय अघि मात्र सुचना पाएका थिए ।

मर्निङ वाक गर्दै तरकारी बजार छिर्नुभएका प्रचण्डले त्यहाँ करिव २० मिनेट बिताउनुभयाे । साे क्रममा उहाले किसान र ब्यवसायि सङ्ग भलाकुसारि गर्नुभयाे ।

“किसान र ब्यवसायि दुवै लाई समस्या के छन् भनी साेध्नुभयाे, यस बजारलाई सरकारी सहुलियत केही भयन भनेर मैले कुरा राखे” धितालले भन्नुभयो ।

मर्निङ वाककाे क्रममा तरकारी बजार छिरेर प्रचण्डले ब्यवसायि र किसानकाे हाेैसला बढाउनु भयाे, धितालले भन्नुभयाे ।

 

शेयर गरौ

ताजा अपडेट