चितवनको भतेरीमा बस ठाेक्कियाे, २० जना घाइते

चितवन, ७ असार ।
नारायणगढ मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका वडा नम्बर २९, भतेरीमा गएराति बस दुर्घटना हुदा २० जना यात्रु घाइते भएका छन् ।
दुई यात्रुबाहक बस एक आपसमा ठक्कर खाँदा २० जना घाईते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाण्डौबाट बर्दियाको गुलरिया तर्फ जान आउदै गरेको ना. ७ ख ९०७ नम्बरको बस र महोत्तरीबाट काठमाण्डौ तर्फ जाँदेै गरेको ना. ५ ख ३०९९ नम्बरको अर्को बस आपसमा ठक्कर खाएका हुन् ।

घाइते मध्ये ४ जनाको भरतपुर सरकारी अस्पताल र १६ जनाको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ । घईतेहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट