काठमाडौं, ६ गते । आज जून २१ तारिख । अर्थात वर्षकै सबैभन्दा लामो दिन । सामान्यतः आजको दिन पृथ्वीको उत्तरी गोलार्धमा दिन लामो हुने गर्छ ।
नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आजको दिन झण्डै १४ घण्टाको आसपासका हुनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार काठमाडौंमा ५ बजेर ९ मिनेट जाँदा सूर्याेदय भएको थियो भने साँझ ७ बजेर ३ मिनेटमा सूर्यास्त हुनेछ ।
सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतयाः २१ जुनमा दिन लामो हुन्छ । जुन २०, २१ र २२ तारिखमध्ये कुनै एक दिन लामो दिन पर्छ । यसपालि आजको दिन लामो हुने भएको हो ।
भोलिदेखि दिन छोटो र रात लामो हुँदै जानेछ । यसैबीच आजदेखि औपचारिक रुपमा गर्मी शुरु भएको पनि मानिन्छ । डिसेम्बर २१ तारिखमा भने सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले दिन सबैभन्दा छोटो र रात लामो हुने गर्छ ।


