जनतालाई निःशुल्क उपचार गराउन प्रयाप्त बजेट दिन संसदमा सभापति पाखेरलको ध्यानाकर्षण

काठमाण्डौं ५ असार ।

कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले संविधानमा उल्लेख गरिएको निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न प्रयाप्त बजेटको अभावमा प्रभावित हुने भन्दै संसदमा ध्यानाकर्षण गराउनु भएको छ ।

प्रतिनिधि सभामा सम्वोधन गर्दै सभापति पोखरेलले संविधानले दिएको मौलिक हक अन्र्तगत परेको अधिकार जनताले प्रयोग गर्न पाउने गरी व्यवस्था गर्न माग गर्नु भएको छ । उपचार नपाएर मर्ने अवस्था आउदैन भनेका छौ तर बजेटको अभावमा अस्पतालबाट उपचार पाएनन् भने अधिकार सुनिश्चित गर्न सकिदैन । साउन १ गतेबाट नयाँ व्यवस्था लागु हुन्छ । यो व्यवस्थामा उपचार नभएको भन्दै उजुरी गरेर राज्यले खर्च गर्नु पर्ने हुन्छ ।

उहाले भन्नु भयो उपचारको लागि अस्पतालमा चिकित्सक, उपकरण र त्यो उपकरण चलाउन सक्ने विज्ञको आवश्यकता पर्दछ । नेपालका कतिपय स्थानमा जनशक्तिको अभावमा उपकरण थन्किएर बसेको ध्यानाकर्षण गराउनु भयो ।

उहाले चितवनको क्यान्सर अस्पतालमा बजेटको स्क्यान मेसिन खरिद गर्न नसकेर विरामीले उपचार नपाएको भन्दै बजेट छुट्याउनको लागि ध्यानाकर्षण गराउनु भयो । सभापति पोखरेलले भन्नु भयो देशकै ठुलो र धेरै विरामी उपचारका लागि जाने स्थान भएकाले त्यहाको उपकरण खरिद गर्न बजेट प्रयाप्त दिनु पर्दछ । भरतपुर अस्पताल केन्द्रीय भएपनि बजेटको अभावमा काम गर्नको लागि समस्या भइराखेको भन्दै संसदलाई ध्यानाकर्षण गराउनु भयो ।

धार्मिक पर्यटकीय क्षेत्रलाई विकास गरेर चीन र भारतबाटै लाखौ पर्यटक भित्राउन सकिने अवस्था रहेको बताउनु भयो । पवित्र धार्मिक स्थलको प्रचार प्रसार गरी पर्यटक भित्राएर आर्थिक समृद्धि हासिल गर्न सकिनेमा जोड दिनु भयो । संसदमा सम्वोधन गर्दै उहाले प्रधानमन्त्रीलाइ सम्वोधन गर्न नदिनु प्रतिपक्षले अलोकतान्त्रिक विधि

अपनाएका बताउन भयो । संसारमा यस्तो अभ्यास नभएको भन्दै लोकतान्त्रिक पार्टीले आउदा दिनमा सच्चिएर आफ्ना गतिविधि गर्नको लागि ध्यानाकर्षण गराउनु भयो ।
सांसदले विकास बजेट लिएको भन्दै हुर्मत लिएकोमा टिप्पणी गर्नु भयो । सभापति पोखरेलले भन्नु भयो योजना आयोगले राष्ट्रिय गौरवका आयोजनाहरुको विषयमा सबै संसदलाई एकैथलोमा राखेर कार्यक्रम बनाए सांसदहरु आलोचित नहुने बताउनु भयो । साम्सदले आफ्नो क्षेत्रमा विकासका योजना लैजानु जनताको लागि काम गर्छु भन्नु कुनै नयाँ कुरा नभएको बताउनु भयो ।

https://m.facebook.com/story.php?story_fbid=2286046724794180&id=100001666237023

शेयर गरौ

ताजा अपडेट