चितवन ४ असार ।
कानुन न्यात तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले तत्काल लालपुर्जा नभएपनि स्थानीय सरकारले सुकुम्वासीलाई ब्लक नम्वर दिनु पर्ने बताउनु भएको छ ।
कालिका नगरपालिकाले बुधबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सम्वोधन गर्दै जुन जहाँ वस्नु भएको छ त्यही स्थानलाई ब्लक नम्वर तोकेर दिनको लागि स्थानीय सरकारलाई निर्देशन दिनु भएको छ । अहिले विभिन्न कारणले गर्दा सुकुम्वासीलाई लालपुर्ज दिनको लागि सकिएको छैन यो अवस्थामा ब्लक नम्वर दिएर भएपनि उनीहरुका बासको स्थायित्व गर्नु पर्ने बताउनु भयो । सभापति पोखरेलले भन्नु भयो ब्लक नं. दिदा जेल जानु परे म आफै जाउला । स्थानीय तहको अधिकार प्रयोग गरेर ब्लक नम्वर दिएर एउटा फड्को मार्नुहोस ।
हामीले निर्वाचनका समयमा बाचा गरेको कुरा पूरा गर्ने तर्फ अहिलेदेखि लाग्नु पर्नेमा जोड दिदै उहाले भन्नु भयो केही आधार बनाएमा पछि लालपुर्जा दिन सहज हुन्छ । यही सरकारले सुकुम्वासीलाई ललपुर्जा वितरण गर्ने भन्दै अहिले स्थानीय सरकारले ब्लक नं. वितरण गरे लालपुर्जा दिनको लागि आधार खडा हुन्छ पोखरेलले भन्नु भयो । केही प्रमाण नपाएका स्थानीयलाई आफ्नो जग्गा भएको अनुभव हुन्छ । चितवनको निर्वाचन क्षेत्र नंं २ का साम्सद समेत रहनु भएका पोखरेलले संघीयताको नयाँ प्रणालीलाई स्थापित गराउन स्थानीय तहको भूमिका महत्वपुर्ण भएको बताउनु भयो ।
आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा सार्वजनिक गर्दै कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले गरिबलाई घर निर्माण लगायतका योजना ल्याउनु भएको छ । गरिवलाई घर दिन मेयर आवास कार्यक्रम ल्याइएको छ । आउदो वर्षबाट आवास कार्यक्रम लागु हुने बताउनु भयो । नगरको विकट क्षेत्र सिद्धिबाट यो कार्यक्रम सुरु हुने छ ।
सिद्धिमा एक सय घर निर्माण गर्ने नीति लिईएको प्रमुख श्रेष्ठले जानकारी दिनु भयो । संघीय र प्रदेश सरकारसंग समन्वय गरेर भुमिहिन वाढिपीडित र अव्यवस्थित रुपमा वसोवास गरेकाहरुलाई जनताको आवास हक सुनिश्चित गर्ने उदेश्यका साथ मेयर आवास कार्यक्रम लागु गरिने छ । कालिका नगरपालिकाले शिक्षा, स्वास्थ्य, पुर्वाधार निर्माणलाई समेत प्राथमिकता दिने जनाएको छ ।
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण वढाउन यातायातको व्यवस्थादेखी एक विद्यालय एक फुलबारी कार्यक्रम समेत संचालन गरिने नगर प्रमुख श्रेष्ठले बताउनु भयो । नगर प्रमुख श्रेष्ठले भन्नु भयो – नगरको शैक्षिक गुणस्तर वढाउन शिक्षक शिक्षिकाको क्षमता विकासदेखि विद्यालयको भौतिक पुर्वाधारमा सुधार र यातायातको व्यवस्था गरिनेछ । नगरपालिकाको शैक्षिक गुणस्तरमा भुमिका निर्वाह गर्ने शिक्षकहरु र विद्यार्थीहरुलाई पुरस्कृत गर्ने नगरपालिकाको योजना छ ।
यसैगरी नगरपालिकाको प्रत्येक वडामा स्वास्थ्य चौकी पु¥याउने नीति अवलम्वन गरिने जनाएको छ । नगर भित्र १५ शैयाको अस्पताल निर्माण,संचालन गरी विषेशज्ञ डाक्टरको सेवा प्रवाह गर्ने नगर प्रमुख श्रेष्ठले बताउनु भयो । नगर समृद्धीको आधार पशुपालन र कृषि क्षेत्र भएकाले यसको विकास गर्ने कालिका नगरपालिकाले नीति लिएको छ ।
महिलाहरुको सम्पत्ति माथिको अधिकार, उद्यमी वनाउने, पर्यटकीय क्षेत्रलाई विकास गर्ने, सिन्ती झरना, चित्राम झरना, पर्यटन पदमार्ग, चेपाङ वस्तीमा होमस्टे तथा उपरदाङगढी सम्मको हाईकिङको व्यवस्था गर्ने लगायतका योजनाहरु छन् । वुँदागतरुपमा ल्याएको योजनालाई नगर सभाको अर्को वैठकमा छलफल हुने नगरपालिकाका उपप्रमुख कमला भट्टराईले जानकारी दिनु भयो ।
प्रदेश साँसद घनश्याम दाहालले नगरपालिकाले लिएको नीति तथा कार्यक्रम सतप्रतिशत सम्पन्न गर्ने गरी सक्रिय हुन आग्रह गर्नु भयो । कार्यक्रममा उपमेयर कमला भट्टराई, वडाध्यक्षहरु, कार्यपालिका सदस्य तथा वडा सदस्यहरुको सहभागिता रहेको वडा नं ६ का वडाध्यक्ष विनोद रेग्मीले जानकारी दिनु भयो ।


