विश्वकप क्रिकेट अन्तर्गत आज बंगलादेश र श्रीलंका बीच पतिस्पर्धा हुने

काठमाडौँ २८, जेठ  :

१२ औँ आईसीसी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत आज (मंगलबार) एक खेल हुँदैछ ।

बंगलादेश र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ। दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् । अघिल्ला तीन खेलमा एक जित र दुई हार व्यहोरेको बंगलादेश २ अंकसहित आठौँ स्थानमा रहेको छ । यस्तै श्रीलंका ३ खेलमा एक जित, एक हार र एक बराबरी खेलेर ३ अंकसहित छैठौँ स्थानमा रहेको छ ।

यसअघि सोमबार दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको खेल नतिजाविहिन बनेको थियो । वर्षाले प्रभावित खेल स्थगित भएपछि दुवै टोलीले अंक बाँडेका छन् ।

शेयर गरौ

ताजा अपडेट