नेपाल कम्युनिष्ट पार्टी नेकपाका शीर्ष नेताहरु विच अनौपचारिक छलफल सुरू

काठमाडौं, २१ जेठ  :

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका शीर्ष नेता अनौपचारिक छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार सुरू भएको अनौपचारिक छलफलमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल सहभागी छन् ।

छलफलमा ओली र प्रचण्डले तयार पारेको पार्टीका ७७ जिल्लाका इञ्चार्ज र सहइञ्चार्जहरुको नामावलीलाई अन्तिम रूप दिने तयारी छ । नेकपाको सचिवालय बैठक भने मंगलबार दिउँसो ३ बजे बालुवाटारमै बस्दैछ ।

विभिन्न विभागहरु गठन र केन्द्रीय सदस्यको कार्य विभाजनको टुंगो लगाउन सचिवालय बैठक बस्न लागेको हो यसका लागि वरिष्ठ नेता माधव नेपालले सहमतिमा नै टुंगो लगाउनु पर्छ भन्दै असन्तुष्ट छन् । यसैका लागि नेपाललाई मनाउने अन्तिम प्रयासमा अध्यक्षद्वय रहेको नेकपा स्रोतको भनाइ छ ।

यसअघि १८ गतेका लागि बोलाइएको सचिवालय बैठक दुई पटक सरेर आजका लागि तय भएको हो । पार्टी एकीकरण भएको लामो समयसम्म पनि केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँड हुन सकेको छैन्। पोलिटब्युरो गठनका लागि यसअघि केही गृहकार्य भए पनि अन्तिम टुंगो लगाउने जिम्मेवारी सचिवालयको रहेको छ ।

पार्टीका विभागहरु शक्तिशाली हुने भएकाले विभागको नेतृत्वका लागि धेरैको रुची रहेको देखिएको छ । बैठकमा पार्टीका विभिन्न विभागहरु गठन र पोलिटब्युरो गठनबारे छलफल हुने सचिवालय सदस्य वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

शेयर गरौ

ताजा अपडेट