मोरङ, १३ जेठ :
प्रदेश १ सभाको चौंथो अधिवेशन बजेट अधिवेशनका रुपमा आज सुरु हुँदैछ ।
दिउँसो १ बजेका लागि प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले बजेट अधिवेशन आहृवान गर्नुभएको हो । बजेट अधिवेशनको पूर्वसन्ध्यामा हिजो साँझ बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको बैठकमा चौंथो अधिवेशन र सुरु हुने पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम निर्माण र बजेट निर्माणका त्रममा सक्रिय सहभागी हुने निर्णय गरिएको छ ।
अघिल्लो वर्ष धेरैतिर छरिएर बजेट आएकाले लक्ष्य प्राप्तिमा समस्या भएको भन्दै यसपटक स्पष्ट योजनामा आधारित भएर बजेट ल्याउनेबारे छलफल भएको जनाइएको छ ।


