चितवनमा आफैले बोकेको बन्दुक पट्किएर चेपाङ घाइते, थप उपचारको लागि काठमाण्डौ लगिदै

चितवन समाचार डटकम,
१० जेठ । आफैले बोकेको भरुवा वन्दुक पड्केर भरतपुरमा एकजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता दुर्गाराज रेग्मीका अनुसार शिकार खेल्न जादा भरुवा वन्दुक पट्केर छर्रा लाग्दा जुगेडीका ३८ वर्षीय सुकबहादुर चेपाङ घाइते हुनु भएको हो । भरतपुर महानगरपालिका वडा नंं २९ को जंगलमा शिकार खेल्न जाँदा बन्दुक पट्केर छर्रा लागेको आशंका गरिएको छ प्रवक्ता रेग्मीले भन्नु भयो ।
गोली चलेको होइन भरुवा बन्दुक पट्केर खुट्टामा लागेको हो उहाले भन्नु भयो । उहाका अनुसार आज दिउसो १२ः३० बजेको समयमा घटना भएपनि दिउसो २ बजेमात्र प्रहरीले जानकारी पाएको थियो । चेपाङको खुट्टाको घुडा पछाडि छर्रा लागेको छ । ६ वटा छर्रा लागेको चेपाङ यहाँ उपचार हुन नसकेपछि काठमाण्डौ लैजाने तयारी भएको छ ।
बन्दुक पड्किनुको कारणबारे केही जानकारी नभएको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइराखेको प्रहरीको भनाइ छ । घाइतेको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइराखेको छ ।

शेयर गरौ

ताजा अपडेट