प्रदेश नम्बर–३ सरकारले जेठ १४ गते सरकारको नीति तथा कार्यक्रम ल्याउने

काठमाडौं, १० जेठ :

प्रदेश नम्बर–३ सरकारले यही जेठ १४ गते सरकारको नीति तथा कार्यक्रम ल्याउने भएको छ ।

नीति तथा कार्यक्रमका लागि सबैजसो तयारी पूरा भएको छ भने केही बाँकी काम भइरहेकाे छ । जेठ १४ गतेको संसद बैठकमा प्रदेश प्रमुख अनुराधा कोइरालाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । प्रदेश सरकार गठन भएपछि दोस्रो पटक नीति तथा कार्यक्रम ल्याउने तयारी गरिएको हो ।

पहिलो वर्ष हतारमा नीति तथा कार्यक्रम ल्याएको प्रदेश सरकारले अहिले भने सबै क्षेत्रका कामलाई समेटेर नीति तथा कार्यक्रम ल्याउन लागेको प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले बताउनुभयो । यसको तयारीका लागि कर्मचारीहरु निरन्तर काममा खटिएको उहाँले बताउनुभयो ।

प्रदेशको मौलिकता र छुट्टै पहिचान समेटिने गरी नीति तथा कार्यक्रममा समेटिने मन्त्री ढुंगेलले बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट