मिक्लाजोङ हत्या प्रकरणमा मारिएका ९ सहित १० जनाको शव आज सामूहिक दाहसंस्कार गरिंदै

पाँचथर, ९ जेठ :

पाँचथरको मिक्लाजोङ ३ आरुबोटेमा ३ दिन अघि भएको घट्नामा मारिएका ९ सहित १० जनाको आज सामूहिक दाहसंस्कार गरिंदैछ ।

धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम सकिएपछि उनीहरुको शव आजै पाँचथर पुर्‍याएर सामुहिक दाहसंस्कार गरिने प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले जानकारी दिनुभयो । मिक्लाजोङ गाउँपालिका प्रमुख अमर माखिमले गाउँपालिकाको लुमाङदिनमा दाहसंस्कारको तयारी भएको बताउनुभयो ।

घटनामा बमकुमार फियाकको घरमा ४ र धनराज शेर्माको घरमा ५ गरी ९ जनाको हत्या भएको थियो । हत्यामा संलग्न रहेको आशंका गरिएका मनबहादुर माखिम पनि रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । घटनामा १२ वर्षीय सीता खजुमभने भागेर बच्न सफल भएकी छिन् ।

उनको दमकमा उपचार भएको छ ।

शेयर गरौ

ताजा अपडेट