काठमाडौं, १३ चैत :
युरोकप फुटबलका छनोट खेलहरुमा स्पेन र इटाली विजयी भएका छन् ।
समुह ‘एफ’ को खेलमा स्पेनले माल्टालाई २–० ले हराउँदा रोमानियाले फारो आईल्याण्डमाथि ४–१ को जित निकाल्यो । यही समुहको अर्को खेलमा स्विडेनले नर्वेसँग ३–३ गोलको बराबरी खेलेको छ । उता समुह ‘जे’ को खेलमा ईटालीले लिचेस्टाईनलाई ६–० ले हरायो ।
यही समुहका अन्य खेलहरुमा फिनल्याण्डले अर्मेनियालाई २–० ले हराउँदा बोस्निया र ग्रिसले २–२ गोलको बराबरी खेलेका छन् । यसैगरी समुह ‘डि’ को खेलमा आयरल्याण्डले जर्जीयालाई १–० ले हराउँदा स्विट्जरल्याण्ड र डेनमार्कले ३–३ गोलको बराबरी खेलेका छन् ।


