चितवन ७ बैशाख । अवैधरुपमा भारतबाट ल्याएको केरा चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।
कोरोना संक्रमणको डरले भारतबाट कुनैपनि तरकार तथा फलफूल ल्याउन प्रशासनले प्रतिवन्ध लगाएको छ । प्रशासनको निर्णय विरुद्ध अवैधरुपमा ल्याएको केरा बोकेको ट्रकलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ ।
ना ६ ख ५६१८ नम्बरको नेपाली ट्रकमा भारतबाट ल्याउदै गरेको केरालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख नान्तीराज गुरुङले जानकारी दिनु भयो । भारतबाट ल्याएको भन्ने जानकारी पाएपछि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान जारी रहेको उहाले बताउनु भयो ।
कोरोना रोगको संक्रमणबाट रोक्नको लागि भारतबाट आउने सामग्रीहरुलाई प्रशासनले रोक लगाएको छ । तर नेपालमा उत्पादन भएको केरा बजारसम्म लैजान कठिन भएको केरा व्यवसायीले गुनासो गरेका छन् । लुकेर भारतीय केरा आउने तर नेपालमा उत्पादन भएको केरालाई बजारमा लैजान मुस्किल भएको केरा उत्पादक संघ चितवनका अध्यक्ष घननाथ महतोले जानकारी दिनु भयो ।
जिल्लामा उत्पादन भएको केरा यहीको बजारमा लैजान नदिएको प्रशासनले भारतीय केरालाई ल्याउन दिन नहुने मार्कण्डे केरा उत्पादक सहकारी सस्थाका अध्यक्ष ध्रुव ढुंगानाले बताउनु भयो । चैतको मध्यबाट जिल्लाको वगानमा केरा पाक्न थालेको छ । बजारमा लैजान तयार भएको केरालाई सहज वातावरण बनाइदिन उहाले प्रशासनलाई अनुरोध गर्नु भयो ।


