लक्ष्मण गौतम
चितवन ३० चैत । चितबनको भरतपुर हाकिमचोक स्थित तारापुञ्ज बचत तथा ऋण सहकारी संस्थाले बार्षिकोत्सबको अबसर पारेर असाहाय बालबालिकालाई राहत सामग्री बितरण गरेको छ ।
आज एक कार्यक्रमको आयोजना गरि सहकारी संस्थाले आपनो ११औ बार्षिकोत्सबको अबसर पारेर भरतपुर ११ गणेशथानमा रहेको मन्जुश्री असहाय संरक्षण केन्द्रमा रहेका बालबालिका लाई दैनिक उपभोग्य सामाग्री बितरण गरेको हो ।
सरकारले आब्हान गरेको लकडाउनका कारण पनि केन्द्रमा खाद्य बस्तुको अभाब भईरहेको अबस्थामा सहारीले चामल , दाल , तेल लगायतको अति आबश्यक करिब २५ हजार रुपैया बराबरको दैनिक उपभोग्य सामाग्री उपलब्ध गराएको हो ।
कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष सुदीप रेग्मीले मन्जुश्री असहाय संरक्षण केन्द्रकी अध्यक्ष मुन्जु खाँड लाई हस्तान्तरण गर्नु भएको हो । सोही कार्यक्रममा सहकारी संस्थाले केन्द्रमा आश्रित बालबालिका लाई संस्थाको बार्षिकोत्सबको केक समेत काटेर खुबाएको थियो ।
कार्यक्रममा सहकारी संस्थाका उपाध्यक्ष श्रीराम देबकोटा , सचिब रेगन पन्त संचालक समितीका सदस्यहरु , बिभिन्न समिती उपसमितीका सदस्यहरुको सहभागीता रहेको थियो । हस्तान्तरण कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष रेग्मीले संस्थाले छोटो समयमा गरेको प्रगतिको समिक्षा गदै सामाजीक कार्यमा समेत भुमिका खेल्दै आएको बताए । सोही कार्यक्रममा केन्द्रकी अध्यक्ष खाँडले बिभिन्न ब्यक्ती तथा संस्थाहरुको सहयोगका कारण आफूहरु उत्साहित भएको बताउदै आभार ब्यक्त गरेकी थिईन ।
कार्यक्रमको सभापतित्ब बाल कल्बका अध्यक्ष प्रेम मन्जुश्री र संचालन भाबना मन्जुश्री गरेका थिए । केन्द्रमा हाल २१ जना असाहय बालबालिकाहरु रहदै आएका छन ।


