युथ क्लब द्वारा इटा उधोगमा कार्यरत मजदुरलाइ राहत बितरण

चितवन ३० चैत । बन्दाबन्दीको कारण खाधान्नको अभाव भएपछी इटा उधोगमा कार्यरत मजदुरलाइ राहत सामग्री बितरण गरिएको छ ।

युथ क्लब नारायणगढ द्वारा संचालित बीबीएन परियोजनाले चितवनको इटा उधोगमा काम गर्ने मजदुरहरुलाइ आज राहत वितरण गरिएको हो ।

कोरोना भाइरसको महामारीका कारण देशमा लामो समय देखि लकडाउन भएकाले इट्टा उद्योगमा कार्यरत मजदुरलाइ समस्या उत्पन्न भएको थियो ।
उद्योग बन्द हुनु, हप्ता बन्द हुनु, धेरै कामदार गिरन्तमा पर्नु, उधारो पाइने पसलमा सामान नपाइनु, नगदको कमि हुनु जस्ता कारणले कामदारहरू खाध्यान्न समस्यामा परेको  थियो ।

समस्या उत्पन्न भएको भन्ने उद्योगिको सुचनाको आधारमा  बेटर ब्रिक नेपाल कार्यक्रम संचालन भएका मध्ये बढी समस्या देखिएका राप्ती नगरपालिका वडा नं. ९को धरेल गणेश र खैरहनी वडा नं. ३ को महादेव इट्टा उद्योगका गरि २४० जना कमदार र ५८ जना बालबालिकालाइ ७ दिनको लागि बेटर ब्रिक नेपाल कार्यक्रम मार्फत युथ क्लव नारायणागढले चामल, दाल, नुन, तेल, मसला, आलु , र स्वयाबिन मस्याैरा उद्योग परिसरमै गएर वितरण गरेको छ ।
९०० किलो चामल, १०५ किलो दाल, ५१ किलो नुन, ५७ लिटर तेल, ६६ पाकेट तरकारी धुलो मसला, २५५ किलो अालु , ५५ केजि स्वयाबिन मस्याैरा र ३ कार्टुन बिूकुट वितरण गरिएको छ ।
राहत वितरण कार्यक्रममा युथ क्लव नारायणागढका अध्यक्ष रामबावु श्रेष्ठ, पूर्व अध्यक्ष भुवन आचार्य, उपाध्यक्ष शालिग्राम नेपाल, महासचिव किशोरबावु पुरी बेटर ब्रिक नेपाल कार्यक्रमका संयोजक रामचन्द्र आचार्य, सामाजिक परिचालक उषा लामा र बाल विकास तथा शिक्षा केन्द्र शिक्षक कमला भट्टराइ लगायतको उपस्थिति रहेकाे थियो ।
उद्योग परिषरमा उपलब्ध उद्योगी, नाइके, मजदुर र उद्योगका नियमित कर्मचारीको रोहवरमा दामासायीले वितरण गर्न एउठा उदयोगमा रहेका कामदारको संदख्याको आधारमा  एक मुष्ट वितरण गरिएका क्लवका अध्यक्ष रामबावु श्रेष्ठले बताउनु भयो ।
पासकाे व्यवस्था भएकाे समयमा केही कामदार जिल्ला प्रसासनको अनुमति लिएर घर गए भने केही कामदार राती भागेर पनि घर गएकाछन् । घर धेरै टाढा हुने र लक डाउन खुलेपछि जाने भनि पर्खि बस्ने थाेरै कामदार मात्रै उद्योगमा अड्किएर बसेकाछन ।
खैरहनी नगरपालिका वडा नं. २ मा रहेको खनाल इट्टा उद्योग र वडा नं. ४ मा रहेको संगम इट्टा उद्ोगबाट पनि खाभध्यान्न समस्या भएको भनि राहतको माग भइ अाएको छ ।
ती उद्योगमा रहेका कामदारको लागि राहत जुटाउन पहल भए रहेकाे बिबिएन कायर्क्रम फिल्ड संयोजक रामचन्द्र आचार्यले जानकारी दिनु  भयो ।

शेयर गरौ

ताजा अपडेट