आधा दर्जन गाडी चढ्छन् वनमन्त्री बस्नेत

काठमाडौ, ७ साउन  :

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आधा दर्जनभन्दा बढी गाडी प्रयोग गरिरहेका छन् ।

उनले मन्त्रालय, विभाग र प्रकृति संरक्षण कोषका गाडी प्रयोग गरिरहेका छन्। यी बाहेक उनको सचिवालयले मन्त्रालय र विभागका चार गाडी र सात मोटरसाइकल लिएको छ भन्ने खबर कान्तिपुर दैनिकमा छ ।

२०७४ मा संशोधित ‘मन्त्रीहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०४९’ मा मन्त्रीले ‘सवारीका निमित्त एक मोटर, मासिक २५६ लिटर पेट्रोल र त्रैमासिक रुपमा ५ लिटर मोविल’ मात्र पाउने उल्लेख छ ।

सरकारी सवारी साधन दुरुपयोगबारे मन्त्री बस्नेतले प्रतिक्रिया दिन चाहेनन्। मन्त्रालयका प्रवक्ता सिन्धुप्रसाद ढुंगानाले ‘मन्त्रीको सचिवालयको विषय भएकाले उतै सोध्न’ सुझाए।

शेयर गरौ

ताजा अपडेट