विधालयमा धेरै समय बालबालिका राख्दा प्रतिकुल

 

यलु जोशी

काठमाडौ ७ साउन ।

बिहान ६ः२० मा सुरु हुने अतिरिक्त कक्षाका लागि बिहान ४ बजे नै उठ्नुपर्ने बाध्यता छ । उहाँ भन्नुहुन्छ, “४ बजे नै उठिसक्नुपर्छ, नभए ढिला हुन्छ । ” उहाँ घर फर्कंदा बेलुकाको ४ वा ५ बज्छ । घरमा खाजा, खाना र गृहकार्यका लागि समय दिँदा अन्य विषयतर्फ समय दिन नपाउने उहाँको गुनासो छ । यत्रो मेहनत गर्दा पनि राम्रो नम्बर नआएकोमा उहाँ खिन्न हुनुहुन्छ ।
मनोचिकित्सक डा. रिचा अमात्य भन्नुहुन्छ, “ठूलो उमेरका विद्यार्थीका लागि एसईई वा अरू तहमा नतिजा देखाउने चलन छ । सङ्ख्यात्मक र मात्रात्मक हिसाबले नतिजा ल्याउनका लागि बिहानबाट साँझसम्म स्कुलमै राख्ने गरिन्छ । यो राम्रो होइन । त्यो उमेरका बालबालिकाको खेल्ने र कुद्ने क्रियाकलाप पनि पढ्नेजत्तिकै आवश्यक छ । ”
कलिला उमेरका बालबालिकालाई परिवारको सम्पर्कबाट टाढा राख्नु भनेको आफैँमा नकारात्मक प्रभाव हो । बच्चालाई बाबुआमाको नजिक बस्नुपर्ने र खेल्नुपर्ने उहाँ बताउनुहुन्छ । बच्चा दुई वर्षको भएपछि स्कुल पठाइहाल्ने चलन छ ।

पढाउने, लेखाउने र शारीरिक क्रियाकलाप पनि छ भने २, ३ घन्टा स्कुलमा राख्ने कुरा ठीकै हो तर ड्रेस लगाएर, झोला बोकेर २ वर्षको बच्चालाई स्कुलमा पढाउने र लाइन लगाएर राख्ने गतिविधि भयो भने त्यसले नकारात्मक असर पर्ने मनोचिकित्सक बताउँछन् ।
छतकुली प्रारम्भिक बालशिक्षा विशेषज्ञ तथा हाइड एन्ड सिक स्कुल प्रिन्सिपल कुमुद भट्ट भन्नुहुन्छ, “साना नानीलाई पाँच घन्टाभन्दा बढी स्कुल राखिरहनु भनेको उनीहरूको मनोवैज्ञानिक र शारीरिक विकासमा बाधा पु¥याउनु हो । ” धेरै समय स्कुलमा राखुन् र पढाइरहुन् भन्ने सबै अभिभावकको चाहना भए पनि यसो गर्दा बालबालिकालाई पढाइप्रति नै वितृष्णा पैदा हुने उहाँको अनुभव छ ।
डा. रुवि बज्राचार्यका अनुसार धेरै समय विद्यालयमा बिताउने बच्चाको स्कुलमा गहिरो लगाव नहुने दाबी छ । उहाँ थप्नुहुन्छ, “त्यो उमेरमा बालबालिकाको लगाव राम्रो हुन पाएन भने पछिसम्म असर देखिरहन्छ । ” मनोचिकित्सक डा. शाक्यका अनुसार छ वर्षमुनिको बच्चालाई बढीमा चार घन्टा र त्योभन्दा माथिको बच्चालाई खाना खाने र खेल्ने समयलाई मिलाएर बढीमा छ घन्टासम्म विद्यालयमा राख्दा राम्रो हुने उहाँको सुझाव छ ।

गोरखापत्र दैनिक बाट

शेयर गरौ

ताजा अपडेट