दशै अघि नारायणी नदीमा पानीजाहाज सरर

चितवन समाचार डटकम
४ साउन ।
राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले चितवनको नारायणी नदीमा दशै अगाडिनै क्रुज (मिनि पानीजाहाज) चलाउने तयारी गरेको छ ।
आज विहान भरतपुरमा पत्रकार सम्मेलन गरी सञ्चालक सस्थाका प्रवन्ध निर्देशक रामचन्द्र कडेलले दशैं अगाडिनै क्रुज सञ्चालनमा ल्याउन लागेको जानकारी दिनु भयो । नेपालमा पानी जहाज चल्छ र भन्ने प्रश्नको जवाफ सहित पर्यटकीय पानी जहाज चलाउने गरी काम अगाडि वढेको बताउनु भयो ।
दुइवटा अत्याधुनिक इन्जिन सहितको पानी तला र त्यसमाथि दुइतला रहने जहाजमा सानो सेमिनार हल, रेष्टुरेन्ट वस्ने आरामदायी सिटको व्यवस्था हुने उहाले बताउनु भयो । कम्तीमा दुइसय जना अट्ने जहाजको निर्माण कार्य तिब्र गतीमा रहेको छ । जहाज निर्माण गर्दै आएको ग्राण्डज्युयल मरिन कम्पनीका इन्जिनियर ओजस सेवासटियसले नेपालको लागि नयाँ भएपनि यस्ता जहाज अन्य देशमा राम्रोसंग चलेको बताउनु भयो । उहाले भन्नु भयो ‘श्रीलंका, मलेसिया, भारतको ग्वाटी, सिंगापुर, केरला लगायतका स्थानमा यस्ता जहाजको क्रेज धेरै रहेको छ ।’
आधुनिक दुइवटा इन्जिन भएकाले सुरक्षाको दृष्टिले राम्रो भएको उहाँको भनाइ छ । जहाज सञ्चालनमा आएसंगै पर्यटकको सख्यामा पनि बृद्धि हुने इन्जिनियर सेवासटियसले बताउनु भयो । भरतपुर महानगरपालिका वडा नं. १६ काभ्रेघाटमा बन्दै गरेको जहाज एकसय फिट लम्बाइ र २२ फिट चौडाइ रहेको निर्देशक कडेलले जानकारी दिनु भयो । भारतबाट आएका प्राविधिक र नेपालीहरु गरी ५० जना जनशक्ति निर्माण कार्यमा खटिएका छन् ।
जहाज पार्किङ गर्ने स्थान पोट निर्माणको लागि ५ करोड लगानी भइसकेको कडेलले बताउनु भयो । सानो आकारको पानी जहाज निर्माणमा कम्तीमा ३५ करोड रुपियाँ खर्च हुने अनुमान गरेको निर्माण कम्पनीले जानकारी दिएको छ । जहाज सञ्चालक कम्पनीका अनुसार तत्कालको लागि काभ्रेघाटदेखि देवघाटसम्म चलाउने अनुमती लिइसकेको छ । २५ किलोमिटरको दुरी रहेको यो जलयात्राका लागि जहाज हिड्ने बाटोसमेत अध्ययन गरेको कंडेलले बताउनु भयो । यो जहाज प्रतिघण्टा दुइकिलो मिटर गतीमा हिड्ने कम्पनीको भनाइ छ ।
तपाइँको प्रतिक्रिया