एकदिवसिय अन्तरराष्ट्रिय क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता

चितवन, १४ माघ । एकदिवसिय अन्तरराष्ट्रिय क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता मिलेको छ । युएईविरुद्धको तीन खेलको एकदिवसिय सिरिज नेपालले २–१ले आफनो कब्जामा पारेको हो ।
सिरिजको तेस्रो खेलमा कप्तान खड्काले ऐतिहासिक शतकसँगै यूएईले दिएको २५५ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दे ऐतिहासिक जित हाशिल गर्याे । उनले छैटौं विकेटको रुपमा आउट हुनुपूर्व उनले ११५ रन बनाए । उनले १०९ बलमा १५ चौका र एक छक्का प्रहार गरे ।

चैतमा एकदिवसीय मान्यता पाएको नेपालले दोस्रो सिरिजमै उपाधि जितेर ऐतिहासिक सफलता हात पारेको हो । यसअघि नेदरल्यान्ड्ससँग भएको पहिलो एकदिवसीय सिरिज भने १–१ को बराबरी टुंगिएको थियो ।

नेपालका लागि आरिफ शेखले २१ रन र सोमपाल कामीले २६ रन बनाएर नटआउट रहे । नेपालको उपकप्तान ज्ञानेन्द्र मल्ल दोस्रो विकेटको रुपमा ३१ रनमा आउट भ । उनले ३५ बलमा ४ चौकासहित ३१ रन बनाए ।

एकदिवसिय क्रिकेटमा डेब्यु गरेका सन्दीप जोरा १९ रन बनाए आउट भए । उनले एक चौका र एक छक्का प्रहार गरे । उनी इमरान हैदरको बलमा महमद उस्मानबाट क्याच आउट भए । बिनोद भण्डारी पहिलो विकेटको रुपमा ९ रनमा आउट भए । यस्तै ६ रनमा दिपेन्द्रसिंह ऐरी आउट भए ।

यसअघि यूएईले निधार्रित ५० ओभरमा ६ विकेटको क्षतिमा २५४ रन बनायो । यूएईको सुरुवात खराब थियो । शून्य रनमै २ विकेट गुमाउँदै खराब सुरुवात गरेको युएईले पछिल्लो ओभरमा रन बनाएका थिए ।

सुरूवाती ५० रन नबनाउँदै चार विकेट गुमाइसकेको युएईले पाँचौ विकेटका लागि अनवार र सि.पि रिजवानले १ सय रनको साझेदारी गर्दै २०.२ ओभरमा ४७–४ को अवस्थामा रहेको ४२ ओभरमा १४७÷५ को बलियो स्थितिमा र्पुयाए ।
युएईका लागि मध्यक्रमका ब्याट्म्यान शाइमान अनवर र मोहमद बुटाले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक बनाए । उसका लागि शाइमन अनवरले ८७ तथा मोहमद बुटाले नटआउट ५९ रन बनाउँदा रिजवानले ७६ बलमा ५ चौकासहित ४५ रन जोडेका थिए ।

अनवरले ७० बल खेल्दै ९ चौका र २ छक्का सहित ८७ रन बनाए । युएइले बिस्फोटक ब्याटिङ गर्दै अन्तिम १६ ओभरमा १५४ रन जोडेको थियो ।
आक्रममक ब्याटिङ गर्दै मोहम्मद बुटाले ३१ बलमा नटआउट ५९ रन जोड्ने क्रममा ५ चौका र ४ छक्का प्रहार गरे । कप्तान मोहमद नावीदले ३ बलमा ११ रन जोड्दै नेपाल सामु विशाल लक्ष्य प्रस्तुत गर्यो ।

नेपालका लागि करण केसी र कप्तान पारस खड्काले २र२ विकेट लिँदा सोमपाल कामी र सन्दीप लामिछानेले १र१ विकेट लिए ।

शेयर गरौ

ताजा अपडेट