बेमौसमी पानीले पूर्वी चितवनका ईटा उद्योगमा ५ करोडको क्षती

चितवन समाचारडटकम, १३ माघ ।
बेमौसमी पानीले पूर्वी चितवनको विभिन्न ठाँउमा सञ्चालित ईटा उद्योगका निर्माणाधिन काचो इटामा नोक्सानी पु¥याएको छ ।
रत्ननगर नगरपािलका, राप्ती नगरपालिका र खैरहनी नगरपलिकामा सञ्चालनमा रहेको १८ वटा ईटा उद्योगका सबै जसोमा क्षती पुगेको छ । सञ्चालकहरुका अनुसार सबैमा गरी करिव ५ करोड रुपैयाँको क्षती भएको छ ।
ईटा उद्योग संघ चितवनका अध्यक्ष नारायणप्रसाद सापकोटाले पानीले दुई करोड वटा ईटा क्षती भएको बताउनु भयो । यसले ५ देखि ६ करोड रुपैयाँसम्म क्षती पुगेको आँकलन गरिएको उहाँले बताउनुभयो ।
राप्ती नगरपालिका वडा नम्वर ९ को धरेल ईट्टा उद्योगका सञ्चालक कृष्णप्रसाद धरेलले आफ्नो उद्योगमा मात्रै ३ लाख ५० हजार वटा ईटा क्षती भएको जानकारी दिनुभयो । खैरहनी नगरपालिका वडा नम्वर –२ पटिहानीमा सञ्चालीत खनाल ईटा उद्योगमा चिम्नीमा हाल्न ठिक्क पारेको ईटामा क्षती पु¥याएको छ । त्यस्तै बनाएर तयार पारी राखेको ईटामा पनि क्षति भएको सञ्चालक ईश्वरी पण्डितले जानकारी दिनुभयो । आफ्नो उद्योगमा मात्रै करिव २० लाख मुल्य बराबरको क्षती हुन पुगेको सञ्चालक पण्डितले जानकारी दिनुभयो ।
तयारी माटो, चिम्नीमा हाल्नु अघि सुकाउन राखिएको ईटा र बनाएर चाङ लगाएर राखेको ईटामा क्षती पुगेको छ ।
अध्यक्ष सापकोटाका अनुसार क्षती भएको काचो ईटा पुन प्रशोधन गर्न तत्काल नमिल्ने, ज्याला, माटो खरिदमा भएको खर्चका कारणले पानीले गरेको नोक्सानीले उद्यमी पीडित बनेका छन् । एक वर्षपछि पुनः प्रयोग गर्न सकिने यो माटोको मात्रामा ७५ प्रतिशत नयाँ माटो थपेर मात्र उत्पादन गर्न मिल्ने अध्यक्ष सापकोटाले बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट