खरखडाई गर्न चार हजार पाँचसय जना निकुञ्ज प्रवेश

चितवन समाचारडटकम, माघ १३ ।

चितवन राष्ट्रिय निकुञ्जले खर खडाईको लागी तीन दिन खुला गरेपछि चार हजार पाँच सय जना स्थानीय बासिन्दा निकुञ्ज भित्र प्रवेश गरी खर खडाई काटेका छन् । निकुञ्जले सौराहा सेक्टरमा खर खडाईका लागि भन्दै भित्र प्रवेश खुला गरेको थियो ।
माघ १०, ११ र १२ गते सौराहा देखि सुनाचुरी सम्मको सेक्टरमा खर खडाईको लागी प्रवेश खुलाएको निकुञ्जका चितवन राष्टिय निकुञ्जका सुचना अधिकारी गोपाल घिमिरेले जानकारी दिनुभयो । यस अवधिमा सौराहा देखि सुनाचुरी सम्मका मध्यवर्ती क्षेत्रका वासिन्दाले निकुञ्ज प्रवेश गरी खर खडाई बाट लाभ लिएको घिमिरेले जानकारी दिनुभयो ।
खरखडाईको लागी लोथर मध्यवर्ती उपपभोक्ता समिति, खगेन्द्र मल्ली मध्यवर्ती उपभोक्ता समिति, बुढी राप्ती मध्यवर्ती उपभोक्ता समिति र मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिलाई व्यक्ती प्रवेशको व्यवस्थापन गर्ने जिम्मा दिईएको निकुञ्जका सुचना अधिकारी घिमिरेले जानकारी दिनुभयो ।
ग्रामीण भेगमा रहेका मध्यवर्र्ती क्षेत्रका वासिन्दाहरुको घर निर्माणका लागि आवश्यक पर्ने खर, खडिया, बाबियो काट्न निकुञ्जले प्रवेश खुला गरेको हो । निकुञ्जले मध्यवर्ती क्षेत्रका वासिन्दाहरुको सुबिधाका लागि भन्दै प्रत्येक वर्ष खर खडाई काट्न प्रवेश खुला गर्दै आएको थियो । तर , गत वर्ष प्रवेश खुला नभएकोले यस पटक स्थानीय जनतावाट केही दिनका लागी भनेपनि खुलाउन माग बढेको थियो ।
निकुञ्ज भित्र यस किसिमले खर खडाई काट्न जादाँ वन्यजन्तुको आक्रमणको खतरा बढ्ने भएकोले यसकार्यलाई निरुत्साहित गर्न निकुञ्ज प्रशासन लागेको भएपनि स्थानीयको आवश्यक्तलाई मध्यनजर गरी प्रवेश खुला गर्नुपरेको सुचना अधिकारी घिमिरेले बताउनुभयो । स्थानीयले घर छाउन र बेरा लगाउन यस्को प्रयोग गर्ने गरेको पाइएको छ ।

शेयर गरौ

ताजा अपडेट