एघार महिनामा २८ अर्ब ४६ करोड राजश्व संकलन, लक्ष्य भन्दा ४.७८ प्रतिशत धेरै

चितवन समाचार डटकम
 ५ असार ।

आन्तरिक राजश्व कार्यालय भरतपुरले एघार महिनामा २८ अर्ब ४६ करोड दुइ लाख रुपैया राजश्व संकलन गर्न सफल भएको छ ।

चालु आर्थिक वर्षको जेठ महिना भित्रमा लक्ष्य भन्दा ४.७८ प्रतिशत धेरै रकम संकलन गरेको हो । आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत सुबप्रसाद रिजालले भन्नु भयो हामी कर संलकनमा सफल भएका छौ । लक्ष्य भन्दा धेरै संकलन भएको छ उहाले भन्नु भयो यो अवधीमा २६ अर्ब ७६ करोड रकम संकलन गर्ने लक्ष्य रहेको थियो । त्यसलाई पूरा गरी एक अर्ब भन्दा धेरै रकम संकलन गर्न सफल भएका छौ ।

करदाताले आफूले तिर्नु पर्ने राजश्व तिरेकाले सफलता पाएको कार्यालयले जनाएको छ । कर छली गर्न खोजेकालाई तागेता गर्ने, वाध्यकारी व्यवस्था गर्ने, कर नतिर्नेलाई सूचना जारी गरेर नै वाध्य वनाएपछि कर वढेको प्रमुख रिजालले जानकारी दिनु भयो ।

कार्यालयका अनुसार पेय पदार्थबाट सबै भन्दा धेरै कर संकलन भएको छ । जस अनुसार २४अर्ब ७२ करोड संलन भएको हो । लक्ष्य २३ अर्ब ३७ करोड रहेको थियो । यस शीर्षकमा पनि लक्ष्य भन्दा ४.०१ प्रतिशत धेरै संकलन भएको छ । मुल्य अभिवृद्धि कर, इनकम टयाक्सलगायतबाट राजश्व उठेका छ ।

शेयर गरौ

ताजा अपडेट