जोखिम बन्दै नारायणी नदिको पुल, पाँच दिनमा दुई महिला नदिमा फालहालिन

चितवन ५ असार ।

चितवनको नारायणी नदिको पुलबाट फालहानेर आत्महत्या गर्ने क्रम बढेको छ । पाचदिन अगाडि पुलबाट फालहानेर बेपत्ता भयको न भेटिदै आज अर्को महिला नदिमा बेपत्ता भयकी छिन ।

भरतपुर महानगरपालिका २१ पार्वतीपुरकी ३३ बर्षिय विमला कुमाल नारायणी नदिको पुलबाट हाम फालेर बेपत्ता भएकी हुन् । उनी विहान १०ः३० बजे पुलबाट फाल हानेको चितवन प्रहरीले जनाएको छ ।

कुमालले हामफाल्नु अघी पुलमा झोला छोडेकी थिईन् । त्यही झोलामा रहेको कागजपत्रको आधारमा पहिचान खुलेको हो । प्रहरीका अनुसार ति युवतीको खोजी भईरहेको छ ।

यस अघी असार १ गते राप्ती नगरपालिका वीरेन्द्रनगरकी २१ वर्षीया कविता सापकोटा स्कुटरबाट झरेर नारायणी पुलबाट हाम फालेर बेपत्ता भएको एक साता नपुग्दै अर्की महिलाले हाम फालेकी हुन् ।

शेयर गरौ

ताजा अपडेट