मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल चलिरहेको छ ः प्रचण्ड

 

पोखरा ५ असार ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा  का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्रीसँग छलफल चलिरहेको जानकारी गराएका छन् ।

आज बिहीबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘म पनि अध्यक्ष भएकाले बजेटपछि सरकारको कामलाई चुस्त बनाउन मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट छलफल भएको छ ।’

तर, यो विषय प्रधानमन्त्रीको क्षेत्राधिकार भएकाले उनले चाहेको बेला पुनर्गठन हुने बताएका छन् ।
आफू काठमाडौं फर्किएपछि फेरि प्रधानमन्त्रीसँग यस विषयमा छलफल अगाडि बढाउने समेत अध्यक्ष प्रचण्डले बताएका छन् । त्यसपछि मात्र केही भन्न सकिने भन्दै उनले भने, ‘ठोस निर्णयमा पुगिसकेको छैनौं । प्रमले चाहेको बेला पुनर्गठन हुन्छ ।’

शेयर गरौ

ताजा अपडेट